Posteado por: morangletang | agosto 15, 2009

मैले देखेको यथार्थ………॥

DSCF1060

मैले देखेको यथार्थ………॥

तीर्थ संगम राई

आदिम कालमा
पारुहाङ्ग र सुम्निमाले
साकेला शिली गाउँदै नाँच्ने
यो धरतिको सुन्दर
गाँउ बस्ती र शहरहरुमा
खोलानाला अनि ताल तलैयाहरुमा
मैले हिजो आज देखिरहेको छु
सडिएका कुहिएका दुङ्ग-दुङ्ग गन्हाईरहेका
नृशप शरीरका डङ्गुरकहरु
खाटो बसेका राताम्यै तैरी रहेका
आलो रगतका रक्त कोषिकाहरु ।

लाली गुराँस रातो हुन्छ
सिमि्रक पनि रातो हुन्छ
यो सत्य हो धु्रव सत्य
यो देशलाई सधै
रातो रङ्ग नै मन पर्ने भए
हे ! सुन्दर देशका
कुरुप मान्छेहरु……॥
देशलाई अझै रगतको
नर बलि चढाउष
आदिमकाल देखि हामीले
देशलाई रगत चढाउदै त
आईरहेका छौ ।
अब फेरी रगत नै चाहिएको
रहेछ भने देशलाई
जंगलमा सडिरहेको
शहरको नालिमा गलिरहेको
निर्जिव मानवहरु भेला पारौं
अनि निचोरेर निकालौं रगतका
कण-कण रक्तकोषिकाहरु
त्यति मात्रले पुग्दैन भने
मैले देखि रहेको छु
हिमालको फेदिमा खेलिरहेकाछन्
एकहूल बच्चाहरु
तराईको फाँटहरुमा रमाईरहेकाछन्
एकहूल युवा जमातहरु

मेचीलाई दुख्दा अब
महाकाली रुनु पर्छ
देश लुछ्ने स्याल फुट्दा यहाँ
देश प्रेमी जनता जुट्नु पर्छ
त्यतिले मात्र पुग्दैन अब त
हिमालले चुनौति दिन सक्नु पर्छ
पहाडले प्रस्ताव राख्न सक्नु पर्छ
त्यसैमा तराईले समर्थन गर्नु पर्छ
किन भने हिजो सम्म हामी
विदेसी प्रभुत्वको बिरुद्ध
नालापानीमा लड्यौ
जहानिया शासनको बिरुद्ध
दरबारमा लड्यौ
कालो पंचायतको बिरुद्ध
देश भर लड्यौ
हो अब फेरी एक पटक
लडने बेला आएको छ
कलमको युद्ध !
बिचारको युद्ध !!
जुन कलमको मसी
जुन बिचारको दसी
रातो हैन निलो हुनेछ
सफा आकाश र पानी जस्तै
बरु हरीयो होला
बन जंगल र मधुमास जस्तै
तर रातो पटक्कै हुने छैन
किन भने
रातो रङ्ग देख्ने बित्तिक्कै
मैले देखिरहेको छु
सेतो पहिरनमा बेरङ्ग मुहारहरु
माल्यार्पण गरेका तस्वीरहरु

लेटाङ्ग-०७ मोरङ्ग
हाल-नवोदित साहित्यिक वाचनालय
दोहा-कतार

Posteado por: morangletang | agosto 15, 2009

मान्छे नै मान्छेको यो शहर

DSCF1005

रेगिस्थानमा पसिना बगाउने ती श्रमजीबिहरु
बालुवामा गुराँस फूलाउने ती कलमजीविहरु
मा यो कविता समर्पित गर्दछु ……………

मान्छे नै मान्छेको यो शहर

तीर्थ संगम राई

अरव महासागरको बिचमा
रेगिस्थानको यो धरातलमा
घामको तातो राप खपेर
शिशिरको चिसो सिरेटो सहेर
कयौंको सपनाहरु पुरा गर्दै
समुन्द्रि छालसँग बयेली खेल्छ
मान्छे नै मान्छेको यो शहर

टाउकै टाउकाले भरिएको भीडहरु
तरवार गेट को वारी पारी
जेद्धा टावरको वरीपरी
नेशनलको चौक र गल्लि भरी
छरपस्ट छताछुल्ल देख्छु
अलदिया र अलखोरको पाखा भरी
मान्छे नै मान्छेको यो शहर

DSCF1054

कतै बिरह बोकेका आँखाहरु
कतै हाँसो भरेका ओठहरु
शहरको भीडमा सल्बलाएको
श्रमजिवी हातखुट्टाहरु
साता भरीका थकान बिर्षेर
आफन्तहरुको गफमा मख्ख देख्छु
मान्छे नै मान्छेको यो शहर

आफुले आफैलाई बेचेर
बिदेसीनुको सत्यतालाई
कहिले मेनपावरको नाममा
कहिले आफन्तको टाउकोमा
एकमुष्ट दोष थुपारेर
आफुहरु दोष मुक्त हुन खोज्छन
मान्छे नै मान्छेको यो शहर

DSCF1048

थोरै मान्छेहरुको महत्वाकाक्षाहरु
भताभुङ्ग र लथालिङ्ग भएपिन
धेरै मानिसहरुको सपनाहरु
यहि शहरले पुरा गरेको छ
कोहि दुत्कारछन्/कोहि सत्कारछन
मानौ यो कुनै आर्यघाट वा देवालय हो
मान्छे नै मान्छेको यो शहर

यो शहर हो तिम्रो सपनाको
यो शहर हो तिम्रो यथार्थको
जहा तिमी आउन लालायीत थियौ
र जहा बसेर तिमीले आफ्नो
जहान परिवारलाई पालि रहेकाछौ
जुन शहरको अग्ला होचा फराकिला
भवन प्लान्ट र सडकहरु बनायौ

DSCF1082

कयौं गौरवशालि चमत्कारहरु
तिमीले नदेखेका नभोगेका दृश्यहरु
यो शहरमा देख्न भोग्न पाएकाछौ
यहि शहरले तिमीलाई श्रम दिएकोछ
तिमीलाई सवल मानव बनाएको छ
म त भन्छु यो हो सुनै सुनको शहर
परिश्रमी मान्छे नै मान्छेको शहर

तीर्थ संगम राई
लेटाङ्ग-०७ मोरङ्ग
नवोदित साहित्यिक वाचनालय
दोहा कतार

DSCF1082

Posteado por: morangletang | agosto 15, 2009

फूलको परागसेचन

DSCF0955

फूलको परागसेचन

तीर्थ संगम राई

धुपि सल्लाको बोटहरुमा
बशन्तले हात हल्लाई रहदा
लाली गुराँसहरु मुस्कुराई रहेका छन् ।

तर
राष्ट्रिय बिभूति बोकेको
लाली गुराँस हिजो आज
दन्त्य कथाको पात्र बनेर
किराँत प्रदेसका पाखाहरुमा
पाठ्क्रमका पानाहरुमा
चिप्किएर ईतिहास बनेको छ ।
र अस्तित्व बिहिन भएको छ ।
गुराँसका दर सन्तानहरुले
मानिसका आवश्यकता बनेर
सदियौं देखि हरेक काल खण्डहरुमा
अमूक सहिदहरु जस्तै
कहिले चुल्होको दाउरा बनेर
कहिले घरको ७३डठज्ञण्सयाल ढोका बनेर
ज्यानको बलिदान गरीरहेका छन्
ए गुराँस तिमीलाई दुःख लाग्दैन २<
प्रशव पीडाको अनुभुति सगै
कति गर्छौ परागसेन
भो अब छाडि देउ
तिम्रो जवानी नै
अंकुराउन नपाउदै
पिपाशु पुतलीहरु
लोभी भँमराहरु
आवेग र उल्लास सँगै
तिम्रो सम्मुख आईरहेकाछन् ।
अनि
ूधमिल्यान खोज्दैछन्
तिम्रो सुन्दरता ।
सम्भोग बिथोल्दैछन
तिम्रो उद्गमता ॥
लोभी भँमराहरु/पिपासु पुतलीहरु …॥२

ूतिम्रो सौन्दर्यताको
बयान गर्दा ू २
थाक्दैनन् मेरा यी अधर
तिम्रो हरेक थुङ्गाको
रसस्वादन गर्दा
तृप्त हुदैनन् मेरा यी नजर
तर तिमी कति लाचार छौ ।
हे प्रकृतिको सुन्दर फूल !
तिमी कति लाचार छौ
कहिले शीर माथि
ताज बनेर सजिएकी हुन्छौ ।
कहिले पयर मुनि
दास बनेर लडिरहेकी हुन्छौ ।
तिमी अझै गछौ परागसेचन २

सायद
तिमीलाई फूल हुनमा
अचम्मै गर्व होला ।
आफ्नो जवानी छताछुल्ल
पोखाएर सेचन गर्न
लाज र सर्म नहोला ।
तर त्यसो हैन फुल
म त भन्छु
तिमीले अस्तीत्वको
लडाई लड्नु पर्छ अब
बैसाखमा मात्र हैन
शरदमा पनि फूल्न पाउनु पर्छ अब
भीर पाखा र खहरेमा मात्र हैन
समथर मैदान र गह्रा भरी
थरिथरी रङ्गमा फूल्न पाउनु पर्छ अब
तब मात्र तिम्रो पराग सेचनको
पुर्ण अर्थ लाग्नेछ ।
किनकी
यो तिम्रो नैश्वर्गिक अधिकार हो
फूलको पराग सेचन ॥२

पुरुष प्रधान हाम्रो समाजमा
सम्भोग देखि समाधिसम्म
पुरुषहरु कै हालि मुहाली
हुने गर्छ
हे फूल !
तिमी त हाम्रो समाज भन्दा
निक्कै भिन्न छौ नि हैन
तिमीलाई एउटा प्रश्न गरुँ हैं
तिमीहरुमा पनि यो
विभेदको निति लागु हुन्छ
यसो हो भने खबदार आजैबाट
सुघार गर रति कि्रडा र कार्य बिभाजन
समावेसी बनाऊ आफुहरुलाई
ूयहाँ सदनमा ३३ प्रतिशत
मागि सक्यो नारीहरुले । २
मत भन्छु तिमीहरु ३३ प्रतिशत हैन
५०/५० आधा आधा बनाऊ
किन भने
आधा आकाश नारी हुन भने
आधा धर्ति दिन किन कन्जुस्याई
ूतिमी त फूल हौ
यो प्रकृतिको सुन्दर फूल
तिमीले चुनौति दिनु पर्छ
पराग सेचनलाई सहि उपयोग गर
सुन्दर सोचको उपज सुन्दर नै हुन्छ
त्यसैले म सुन्दर फूलको
सुन्दर पराग सेचन हेर्न लालायीत छु । २
हे फूल म व्यग्र छु
तिम्रो कामुक यौनको पराकाष्ठ
फूलको पराग सेचन … २

तीर्थ संगम राई
लेटाङ्ग-०७ मोरङ्ग
हाल-नवोदित साहित्यिक वाचनालय
दोहा-कतार

DSCF1061संसार भरका नारी मुक्तिको लागि समर्पित कविता

जीत भन्नु नै हार हो

तीर्थ संगम राई

चार आँखा जुधे पछि
किरे कशम पनि खायौ
र_िक्स बोकि मेरो आगन
धेरै पटक तिमी धायौ
धरो धर्म तिम्रो कशम
तिमी बिना मरी हाल्छु
भन्दै तिमी रहेक रातमा
चाँदनीको कुरा गथ्र्यौ
तर अचम्म !
बिहे गरेको पहिलो बेत पिछ
तिमीमा एकाएक परिवर्तन आयो
कारण हिजोको
मेरो सौन्दर्य
मेरो वक्षस्थल
मेरो कटाक्ष
तिम्रो नजरमा
थिलथिलो भई सकेको थियो
ममा अब पहिलाको स्नेह थिएन
मेरो माँया बाडिएको थियो
मेरो घर व्यवहारमा
मेरी सानी छोरीमा
अनि तिमी मेरो रक्स्याहा पतिमा

तिम्रो रहेक रातहरु अब
मदिरामय बन्न थालेका थिए
ूमदिराको झोकमा
यौनको भोकमा
तिमी जीत्न चाहान्थ्यौ
यौनको उत्सर्ग बिन्दु २
तर म विवश र लाचार
तिम्रो यो राक्षसी पनलाई
निरिह प्राणि जस्तै
चुपचाप सहि रहन्थे

सायद
तिमी कुनै युद्धको
विजयी सेनाले झैं
विजयी उत्सव मनाउदै
मेरो शरिरको भू भाग भिर
रमाई रहन्थ्यौ
नथाकिन्जेल सम्म
खेलि रहन्थ्यौ
मेरो स्वामित्तमा रहेको
मेरो आनै अंगहरु सग ।
अनि जीतको स्वाङ पारेर
फिस्स हाँस्दै घमण्ड गथ्र्यौ
नारी हुनु र स्वास्नी हुनुको
पीडा मलाई बोध गराउथ्यौ
हार र जीतको परिभाषा दिन्थ्यौ
तर अब म यो मान्न तयार छैनू २
नारी हुनु या स्वास्नी हुनुमा
मलाई रत्ति भर पीडा छैन
मेरो मेरो हार भन्नु नै
तिम्रो हार हो
किन भने
तिम्री आमा तिम्री बहिनी
अनि आफन्तीहरुको हार हो
म सग जो छ
तिमी सग छैन
मातृत्व बन्ने अवसर
सन्तानलाई स्तनपान गराउने क्षमता
तर पनि नारी बिना पुरुष
र पुरुष बिना नारीको
कुनै अर्थ छैन अस्तीत्व छैनू २
त्यसैले भो छाडि देऊ
के गर्छौ तिमी जीतका कुरा
जीत भन्नु नै त हार हो । २

लेटाङ्ग-०७ मोरङ्ग
हाल-नवोदित साहित्यिक वाचनालय
दोहा-कतार

Posteado por: morangletang | agosto 8, 2009

यदि………॥ को शुभ आरम्भ

DSCF0883

यदि………॥ को शुभ आरम्भ

तीर्थ संगम राई
दोहा कतार

लाईटस……॥ म्युजिक…… आर्टिस रेडि…॥
क्यामरा रोलिङ्ग टेक रेडि…॥ एक्सन…………॥
DSCF0866
दोहा कतारको यो आकाशमा नेपाली कलमजीवि साहित्यकारहरु परिश्रमी कलाकारहरु र श्रमजीवि श्रमिकहरुको घुईचो बाक्लिदै गईरहेको छ । कला र साहित्यको कुनै भाषा हुदैन कुनै सिमाना हुदैन । त्यसमा पनि नेपाली मन र मुटुहरुको त कुरा नै बेग्लै हुन्छ । यहि नेपाली मन मुटु र मस्तिष्कहरुको एउटा श्रृजनशील समूह आरम्भ नाट्य डवलीको पहिलो त्रिकोणात्मक नेपाली कथानक चलचित्र ू यदि…को शुभ साईत यहि अगष्ट ०७ तारिख २००९ मा श्री टि।वि। कार्की ज्यूको निवासमा यहाँकै हातबाट ल्याप बोर्ड हानेर मुर्हुरत गरियो । लेखक तथा निर्देशक प्रविण राई रहेको यस चलचित्रमा कलाकारहरु- तीर्थ संगम राई चुना पन्त आकाश पराजुली ूसानुू कोपिला कार्की सरोज श्रेष्ठ श्याम थापा उमेश श्रेष्ठ गजेन्द्र कार्की रमेश तामाङ्ग संगम थापा राम राई दिक्पाल राई र ध्रुव राज आचार्य आदि रहनु भएको छ ।
DSCF0866

DSCF0836

DSCF0838

DSCF0896

त्रिकोणात्मक प्रेम कथामा आधारीत यो चलचित्रको सम्पुर्ण छायाङ्कन कार्य कतारमा नै सु-सम्पन गरीने जानकारी लेखक तथा निर्देशक प्रविण राईले जनाउनु भएको छ । पहिलो चरणको छायाङ्कन श्री टि।वि। कार्की ज्यू र श्री सागर नेपाल ज्यूको निवासबाट आरम्भ भईसकेको छ । यस चलचित्रमा केहि नेपाली फिल्महरुमा केहि नाटकहरुमा अभिनय गरी सकेका खारिएका पुराना कलाकारहरु साथै केहि जोशिलो नयाँ अनुहारहरुलाई बेजोडका साथ समिश्रण गरेर सन्देश मुलक मनोराजनात्मक चलचित्र बनाउने कुरा लेखक तथा निर्देशकले उद्घोष गर्नु भयो । देशको अशान्तिमय परिवेशको कारणले बाध्य भएर प्रवास पलायन हुनु पर्ने क्षमतावान प्राविधिकहरु र कलाकारहरुको जमात हो ूआरम्भ नाट्य डवलीू यसैको उपज हो नेपाली कथानक चलचित्र यदि………………।

DSCF0844

DSCF0899

DSCF0902

DSCF0874

Posteado por: morangletang | julio 26, 2009

मानव अस्तीत्व

P1010022तीर्थ संगम राई
लेटाङ्ग-०७ मोरङ्ग

 

 

मानव अस्तीत्व

 
मेरो शीर माथिको सुन्यता
मेरो पैतला मुनिको भू-गर्भ
मैले टेकेको यो सुन्दर धर्ति

मानव सभ्यता सगै
जीवन उत्पतिका क्रमहरु
राम पिथेकसका सन्तानहरु
यो धर्ति भरी छरीएका अस्तीत्व
मेरो लागि सोच्ने बिषय बनेको छ ।
मेरो लागि अनुसन्धानको भएको छ ।

म मस्तिष्कलाई कसरत गराई रहेकोछु
मेरो बुताले भ्याए सम्म
मेहनत खर्च गरी रहेको छु
के मैले पढेको ईतिहास साँचो थियो 
के मैले पढेको बिज्ञानमा सत्य थियो
यदि थियो भने
हामी एउटै पुर्खाको सन्तान हुनु पर्छ ।
हाम्रो शरीर एकै प्रकारका रक्त कोषहरुले 
समान प्रकारका तन्तु बनेको हुनु पर्छ ।
हामी एउटै पुर्खाको सन्तान हौ भने
हामी बिच यो जात धर्म र लिङ्गभेद
धनी गरिव को लक्ष्मण रेखा कस्ले खिच्यो
समान रक्त कोषीकाहरुले शरीर बनेको हो भने
अगल-अलग मस्तिष्क र आकारहरु
भिन्न-भिन्नै वंशाणु गुणको संरचना कसरी भयो 
खै मलाई त संका नै लाग्छ महाशय
हाम्रा पुर्खा एउटै थिएन
हाम्रो शरीरको रक्त कोषिकाहरु समान होइनन् ।

तपाईहरु सोच्नुहोस्
एउटै बथानमा रहेका पशु पनि 
आपसमा झगडा गरेको पाईन्न ।
एउटै बर्ग समुहमा रहेको जीवहरु
कहिल्यै लडाई गरेको भेट्टाईन्न् ।
तर अफसोच
यो धर्तिको सबै भन्दा सुन्दर प्राणी
यो युगको सबै भन्दा विवेकशील प्राणी
आफुलाई सधै सभ्य र भव्य भन्न रुचाउने
मानवहरु……॥
 
रगतका छिटाहरुले पोतिएका तस्वीरहरु
क्यानभास भरी स्केच गरीएका छन ।
मावन कंकालहरुले भरीएका अस्थीरपाजर
यो धर्तिका छाति भरी पुरीएका छन ।
तिम्रो त्यो सभ्यताका पर्खालहरु
तिम्रै आफन्तहरुको हाडहरु र मांशहरुले
निमार्ण गरीएका छन भने
म कसरी विश्वास गरुँ 
मैले सुनेको ईतिहास
मैले पढेको बिज्ञानमा सत्यता थियो ।
म आग्रह गर्न चाहान्छु
हे  यो धर्तिका सुन्दर मावन
हे यो युगका विवेकशील मानव
तिम्रो सुन्दरतालाई म कसरी हेरुँ 
तिम्रो विवेकतालाई म कसरी बुझुँ
तिम्रो सभ्यतालाई कसरी बर्णन गरुँ 
मसँग त्यस्तो कुनै शब्दहरु छैनन्
जस्ले गर्दा म तिमीलाई मावन मानुँ ॥
तिम्रो अस्तीत्वलाई स्वीकार गरुँ ॥

 
… स्यामुना …

तीर्थ संगम राई
लेटाङ्ग-०७ मोरङ्ग
 

 

 
उदास तिम्रो मुहारमा खुसी तिमीले बारे पछि ।
आँशु झार्न हुदैनथ्यो  मलाई  माँया मारे पछि ॥
 
हिजो सम्म तिम्रा लागि कयौं रातहरु रोए मैले ।
आज माँया गर्छु भन्छौ अरुले  माँया सारे पछि ॥

हातहरु फैलाई  रहें किनारा  छेऊ एक्लै बसी ।
तिमी आयौ बहकिन्दै अर्कैले  खोला तारे पछि ॥

दोष मलाई नदेऊ तिमी दोष मात्र तिम्रो थियो ।
धोका पाएँ भन्दै हिड्छौ आफ्नै प्रेममा हारे पछि
 
बाँचा कशम जति खाऊ “गीता”  Image114टाढा भए पछि ।
चाहिन्दैन भो साहारा तिम्रो छाँगाबाट झारे पछि ॥

Posteado por: morangletang | julio 26, 2009

तीर्थ संगम राई…………!

P7110074तीर्थ संगम राई
लेटाङ्ग-०७ मोरङ्ग

 

फेरी अर्को युद्ध र क्रान्ति ……………..!

रात क्रमश ढल्दै गयो,
हुल मच्छडहरु,
एक हुल हुच्चिलहरु,
अनि……..,
ब्यासोका बथानहरु
बिस्तारै मानवहरुका
शिकार ,
तछाड मछाड गर्दै
गठ बन्धन गर्दै 
अराजकताको साजाल लिएर
तिम्रो घरको आगनमा
देउसी र भैलो खेल्न आईरहेछन् ।
खबदार ! घरबेटि बाबा
होसियार ! आमा
तिनीहरुलाई भट्टयाउन नदिनु होला
तिनीहरुलाई कात्तिके दान नझार्नु होला ।
रगतको आहालमा चुर्लुम्म डुबेर
शान्तिको आव्हान गर्नेहरु
िसंगमरमरको महलमा बसेर 
झुपडिका कुरा गर्नेहरु
जनताका घर दैलोमा चहारेर
आफ्ना भकारी भर्नेहरु
राष्ट्र बिखण्डनको सपना बोकेर
बिध्वंसको तोप गोला लिएर
तिम्रो गाउका बस्तीहरुमा
ताण्डव नृत्य गर्न खोजिरहेकाछन् ।
खबदार ! गाउँलेहरु हो
होसियार ! जन समुदायहरु हो
तिनीहरुलाई गाउ छिर्न नदिनु होला
तिनीहरुको नाङ्गो नाच धपाउनु होला ।
लाज र सरमले पानी-पानी भएर
हिजो मात्र आत्मालोचना गर्नेहरु
हामी जनताका नोकर हौ भन्नेहरु
आज मालिक बन्न खोजि रहेका छन्
हाम्रै चुल्होमा आगो तापेर 
मकै भटमास चपाउनेहरु
हाम्रै च्यादर ओढेर
पुस माघ धपाउनेहरु
आलिशान महलमा बसेर
देशको भाग बण्डा गरीरहेका छन्
ए…। लाटो देशका बाठो मान्छेहरु
ए…। राणा र शाह कालका मान्छेहरु
तिमीलाई यो देशको माया लाग्दैन 
नत्र तिमी मुक दर्शक बनेर किन बसेका हौ
आउ फेरी एक पटक
आफ्नै जीतको लागि एउटा युद्ध लडौं 
आफ्नै सन्ततिको लागि अर्को क्रान्ति गरौं
यो युद्ध यो क्रान्ति कुनै पार्टिको हुने छैन
कुनै दलिय स्वार्थको लागि लडिने छैन
त्यसैले यो युद्धमा बम गोला र बारुद 
यो क्रान्तिमा चर्को नारा र झण्डा
जिन्दावाद र मूर्दावाद केहि हुने छैन ।
 
केवल हुनेछन
न्युनतम मानवीय मुल्य र मान्यताहरु
शान्ति सग बाँच्नु पाउनु पर्ने रहरहरु
आफ्नै माटोमा बिभाजित नभई
हामी मात्र नेपाली हौ भन्न पाउनु पर्ने
हामी र हाम्रो चिनारीहरुको रक्षार्थ
आऊ हामी एउटा हतियार रहित
युद्धको थालनि गरौं
बन्द र तोडफोड रहित
क्रान्तिको सुरुवात गरौं
यो युद्ध यो क्रान्ति
कुनै दल या शासकको हुने छैन
यो तिम्रो लागि हुनेछ
यो मेरो लागि हुनेछ
यो हाम्रो लागि हुनेछ
हे संसारका नेपालीहरु हो
हामी एउटा युद्धको थालनि गरौं
हामी नौलो क्रान्तिको सुरुवात गरौं

तीर्थ संगम राई

लेटाङ्ग-०७ मोरङ्ग

 

आखाँ तिम्रा सारै नशालु आहा !! कर्के  हेराईले मार् यो मलाई ।
ओठ को त के कुरा भो र पि्रय दन्ते मोहनीले मार् यो मलाई ॥

वक्षस्थल त झनै बैशालु वाह !! नशा-नशामा चढ्यो जवानी ।
नितम्बको कुरै छाडौ मृग नयनी चालले घाईते पार् यो मलाई ॥

कटाक्ष्य हेर्दा मनै सिरीङ्ग आम्मै !! जानि-जानि मस्किन्छे उनि ।
पिठ्यूँ हेर्दा लोभै लाग्दो के भयो यो कस्तो रोग सार् यो मलाई ॥

सुन्दर सेता पिडौंला हरे !! पानी-पानी बनी रुझायो मनलाई ।
अंग-अंगको के बयान गरुँ खै आफ्नै पुरुषार्थले बार् यो मलाई ॥

तकियालाई लपेटेर उर्फ !! आमन्त्रणा कामदेवलाई ।
सुस्त-सुस्त बढाएँ थे पाईलाहरु जब पलङ्गबाट झार् यो मलाई ॥

रुप रंङ्ग साह्रै निख्खर अहो !! भने छ रती जस्ती ।
तप्का-तप्का यौवनरस सुकेर मर्दा बैतरणी पनि तार् यो मलाई ॥

Posteado por: morangletang | julio 26, 2009

मेरो देश रोएको बेला………

तीर्थ संगम राई
लेटाङ्ग-०७ मोरङ्ग
मेरो देश रोएको बेला………
छचल्किन्छन्…। पोखीन्छन्……।
तप्प- तप्प चुहिनै रहेको छ
अविरल आँशुका थोपाहरु…।
तिमी भने
मेरो जीवनको संघारमा
मेरो स्वागतको निम्ति हातमा
एक अाजुली मुस्कान सहित
प्रेम पत्र लिएर उभिरहेकी छौ ॥
तिमीलाई म के भनुँ
मायाँलु  प्रेयसी  अर्धागिनी
भो पर लैजाउ तिम्रा प्रस्तावहरु
किन भने यहाँ
ह्दयहरु छिया-छिया भएको बेला
आफ्नैले छातिमा छुरा घोपेको बेला ॥
सलल…। कल कल… छङ्गछङ्ग गर्दै
बगीरहेका छन् दिखुवा र साप्सुसँगै
जीवनका अनेकौं भङ्गालोहरु
तिमी भने
मेरो जीवनको किनारमा
माझी बनेर डुङ्गा सहित
नाउँ खियाउँदै वारीपारी गर्छौ
मलाई आऊ खोला तार्छु भन्र्छौ ।
तिमीलाई के भनि सम्बोधन गरुँ
सहयोगी  सहयात्री या ह्दयवती
भो चाहिन्दैन तिम्रा सहानुभूतिहरु
किन भने यहाँ
जीवनहरु ध्वुजा-ध्वुजा भई फाटेको बेला
आफ्नै गन्तव्यहरु छताछुल्ल भएको बेला ॥
सुनसान॥चुक झैं अध्यारो रात
बैरीहरुले परेड खेलिरहेको छ ।
मेरो देश र धर्तिको छातिहरु
तिमी भने
मेरो झुपडिको बिछ्यौमा
बैंशको उन्मात जवानी लिएर
काम वासनाले मदहोस बनेर
सुस्त सुस्त आईरहेकी छौ ।
तिमीलाई म के उपमा दिउँ
कामिनी  दामिनी या कामदेवी
भो पर लैजाउ तिम्रा अंग प्रत्यङ्गहरु
किन भने
यहाँ माटोले रगत मागिरहेको बेला
यो देशको सिमाना मिचिरहेको बेला
चित्कार…। बिलौना… रोदन
चारै तिर अशान्ति र हाहाकार
मेरो देशका गाउँ बस्ती र शहरहरु
तिमी भने
मेरो पुरुषार्थको कल्पनामा
गाउँका बस्ती र झुपडि तिर
शहरका गल्लि र चौक भरी
बिन्ति पत्र लिएर भौतारीएकी छौ
खै म तिमीलाई के भनि बोलाऊ
पागल  घायल  या प्रेम पुजारी
यो मलाई रत्ति भर स्वीकार छैन ।
किन भने
यहाँ आफ्नै जीवनहरु दुखेको बेला ।
मेरो देश र देशबासी रोएको बेला ॥

Entradas antiguas »

Categorías

Seguir

Get every new post delivered to your Inbox.